माधव नेपालको स्वास्थ्यमा देखियो समस्या, राजनीतिक भेटघाट स्थगित



नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएको छ । नेपाललाई कोरोनाको जस्तै लक्षण देखिए पनि पीसीआर रिपोर्ट भने नेगेटिभ देखिएको हो ।

युवा संघका प्रवक्ता सञ्जिप राईका अनुसार नेता नेपाललाई रुघा खोकी, ज्वरो आउने र शरीर दुख्ने समस्य देखिएको छ । नेपाल घरमै आराम गरिरहेका छन् ।

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ । नेपालसंगै उनकी पत्नी गायत्रीलाई पनि उस्तै लक्षण देखिएको नेपालको सचिवालयले जनाएको छ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले ब्यवस्थापन गरिरहेका छन्। नेपालको स्वास्थ्यमा समस्या देखिएसंगै पार्टीका बिभिन्न कार्यक्रमहरु स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार  १० : ४३ बजे