मन्त्रिपरिषद् बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक भएकाले सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।

आजै बिहान १० बजे देउवाले बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठकबाट प्रतिनिधिसभाको जारी अवरोध खुलाउने विषयमा देउवाले छलफलको मुख्य एजेण्डा बनाएका छन् । लामो समयदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध गरिरहेको एमालेलाई देउवाले संसद खुलाउन सहयोग गर्न आग्रह गर्नेछन् । यद्यपी एमाले र सो पार्टीका अध्यक्ष केपी ओली नै बैठकमा जाने नजाने टुंगो लागिसकेको छैन ।

यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो भने पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिनुपर्ने माग गर्दै आएको छ ।

 

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहिबार  ९ : २२ बजे