मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहस ऊर्जाको आईपीओ बाँडफाँट, कसले कति हात पारे ?



साहस ऊर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ। कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो साधार सेयर बाँडफाँट भएको हो।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओ गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले ६ असोजदेखि १० असोजसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणमा निष्कासन भएको ७० करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : ११ बजे