नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी हमला भएको बताएका छन् ।ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन आज उठेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै ओलीले महाधिवेशनमा तामझाम देखिएको भन्दै विरोधीहरुले आरोप लगाएकोप्रति आपत्ति जनाएका हुन् ।
“पार्टीको महाधिवेशनमा झन्डा देखियो रे, नेतृत्वको तामझाम देखियो रे,” उनले भने, “विरोधीहरुले छाती पिटेका छन्, हामी व्यक्तिपुजक होइनौँ, हामी कमिटी प्रणााली, सामूहिक नेतृत्वमा विश्वास गर्छाैँ ।”
उनले आफ्नो पार्टीको नीति, हैसियत भनेको जित्ने रहेको बताए । अरूको टाउकोमा अपजस लगाएर आफूहरू उम्किन नसक्ने उनको भनाइ थियो ।








