मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले थाले आन्दोलन



भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीहरू सोमबार सार्वजनिक यातायात सडकमा तेर्साएर आन्दोलनमै उत्रेका छन् । बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरूले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गर्दै व्यवसायीहरूले आन्दोलन शुरु गरेका हुन ।उपत्यकाका विभिन्न स्थानमा ‘अब हामी यातायात व्यवसाय सञ्चालन गर्न सक्दैनौँ । हाम्रो माग तत्काल पुरा गर’ भन्दै सडकमा गाडी तेर्साएर व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रनु परेको आन्दोलित यातायात व्यवसायीले बताएका छन् ।

महासंघका महासचिव केशव नेपालले बाग्मती प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आन्दोलनमा जानु परेको बताए । उनका अनुसार सोमबार सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १२ : ५५ बजे