मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन : प्रधानन्यायाधीश जबरा



प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई हुने बताएका छन् ।प्रधानन्यायाधीशले मन्त्रालय बाँडफाँटमा भाग खोजेको विषयमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोधेसँगै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् । ‍
‍‍

पदाधिकारीलाई प्रधानन्यायाधीश राणाले भने “मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हुँदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु, यसबारे छिटै अदालतबाट खण्डन हुन्छ ।”यससम्बन्धी समाचार शनिवार सार्वजनिक भएको थियो । प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि सो प्रतिनिधिमण्डलसँग बताएका थिए ।

प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार  ३ : १४ बजे