बाकि जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउन तीन नेताले दबाव दिने



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीचको भेटवार्ता सकिएको छ ।

बैठक सोमबार (आज) निधि निवास वानेश्वरमा बसेको थियो । नेताअहरुको आजको बैठकमा क्रियाशीलको कारण महाधिवेन तालिका बिग्रन नदिने बारेमा छलफल भएको बैठकपछी बताइएको छ ।

बैठकले क्रियाशील सदस्यहरूको विवाद मिलाउन बाँकी रहेका जिल्लाहरूको बारेमा तत्कालै टुङ्गो लगाउन दबाव दिने निर्णय भएको छ । सरकारलाई पूर्णता दिन नेतृत्वलाई दबाव दिने र आगामी दिनमा तीन नेताबीचको छलफललाई निरन्तरता दिने पनि सहमति भएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार  ६ : २६ बजे