२०७८ कार्तिक ९ मंगलबार

‘आइन पियारी’ बोलको दशैँ तिहार गीत सार्वजनिक 

‘आइन पियारी’ बोलको दशैँ तिहार गीत सार्वजनिक 


  • 192
    SHARES
    • न्यू सञ्चार
    • मंगलबार, असोज १९ २०७८
    • काठमाडौँ

    कोभिडका कारण प्रदेशमा काम गर्दै आएका युवाहरुले चाड पर्व मनाउनको लागि फर्कन नपाउँदाको पीडा समेटेर तयार पारिएको गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन गीतमा सुन्न सकिन्छ। गीतमा पृथलाल बिकको शब्द संगीत रहेको छ। कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    मंगलबार, असोज १९ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology