मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड बहादुर श्रेष्ठ हिमालयन बैंकका नयाँ अध्यक्ष



नेपाल राष्ट्र बंैकका गभर्नर  महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै अध्यक्षको पद बहाली गरे । उनलाई बैंक संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गरे ।

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेकोबैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।

श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए ।

 

 

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ४५ बजे