कांग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महत नेतृत्वको टोली भोलि भारत जाने भएको छ ।भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा कांग्रेस टोली बिहीबार भारत जाने भएको हो । टोलीमा महतको नेतृत्वमा कांग्र्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया रहेका छन् ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको आमन्त्रणमा उनीहरु भारत जान लागेका हुन् । भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले केहि समय पहिला नेपाल भ्रमणमा आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी पनि रहेको स्रोतले जानकारी दियो ।








