मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनय र अस्मिताको स्वरमा ‘हुन्न नभन’ ( भिडियो )



अभिनय निरौला र रन्जना तिमल्सिना अभिनित प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्।

रोमाण्टिक भर्सनको यस गीतमा सायरी समेत प्रयोग गरिएको छ। ए । धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि । लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘अभिरन इन्टरटेन्मेण्ट’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ०० बजे