एकीकृत समाजवादीलाई स्वास्थ्यसहित चारवटा मन्त्रालय



गठबन्धना दलका नेताहरुबिछ नेकपा एकीकृत समाजवादी दुई प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यसहित चारवटा मन्त्रालय दिने सहमती भएको छ ।

नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटी बैठकबाट नेकपा (एस)ले चार मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेकाे नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनकाअनुसार नेकपा (एस) ले सहरी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय पाएको छ ।

नेकपा समाजबादिले पाएका मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको बताइएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०७८ बिहिबार  ७ : १६ बजे