जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गर्नेछन् ।
जसपाबाट रेणु यादव, रामसहाय प्रसाद यादव, प्रमोद साह र राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने निर्णय भएको जसपाका नेता मोहमद इस्तियाक राईले जानकारी दिए।
मन्त्री बन्न लागेका तीन जना अध्यक्ष उपेन्द्र यादव पक्षका हुन् भने राजेन्द्र श्रेष्ठ संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पक्षका हुन्।








