एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट दुई विधेयक फिर्ता



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभा बैठकबाट दुई विधेयक फिर्ता भएका छन ।

संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए ।

नाराबाजिकै बिच बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका छन्।

१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री कार्कीले संसद्लाई जानकारी गराए।

प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार  १ : ५७ बजे