मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार



डिशहोमको फाइबरनेट  भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेकोछ ।  नेपालभर  फाइबरनेट  सेवा विस्तार गर्ने लक्ष्य लिएको डिशहोमले नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा फाइबरनेट  सेवा पुर्याइसकेको छ ।

छिटै नेपालगञ्ज र धनगढीमा पनि सेवाअ शुरु गर्ने बिक्रि प्रबन्धक मनोज शर्माले जानकारी दिए । अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन ।

यसैबिच चाड्पर्बहरुको अबसरमा  डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : २६ बजे