मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टारी खेत लिएर आईन पासाङ ल्हामु शेर्पा ( भिडियो )



नायक पुष्प खड्का र मोडल एलिशा राई एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायिका पासाङ ल्हामु शेर्पाको टारी खेतमा यो जोडीलाई देखिएको हो। यसअघि थुप्रै कलेक्शन एल्वममा आफ्नो स्वर दिइसकेकी शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसीको समेत अभिनय रहेको छ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : ४७ बजे