मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङको थलारामा पहिरो : २३ जना बेपत्ता



बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मा ।वि महेन्द्रधारमा बसिरहेका छन् । गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा ।वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । यस्तै गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ०२ बजे