मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरो पीडितको उद्दार गर्न र तत्काल राहत दिन सरकारसंग सुदूरपश्चिम कांग्रेसको माग



बाढी पहिरो पीडितको उद्दार गर्न तथा पिडितलाई राहत दिन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारसंग माग गरेको छ । शनिबार रातीदेखि भएको अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा पनि बाढी पहिरोबाट प्रभावित भइरहेका छन ।

मंगलबार विज्ञप्ती जारी गर्दै दलको कार्यालयले डोटी र डडेल्धुरामा ज्यान गुमाउने प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहत र हवाई उद्दार गर्नुपर्ने माग गरेको हो । ‘अहिले देशका अधिकांश स्थानमा बर्षातले जनजिवन प्रभावित बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा बर्षाले ठुलो धन जनको क्षतिका साथै किसानहरुले वाली भित्र्याउने समयमा धान खेती पुरै तहसनहस बनाएको दृष्यले हामीलाई गम्भिर ध्यानाकर्षण गरेको छ’ दलका नेता रणबहादुर रावलद्धार हष्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ ‘कर्णाली नदीले कैलालिको पुर्वि भेग सोल्टा, मोहन्याल, जानकी गाउँपालिका, टिकापुर नगरपालिका अन्तर्गत सिमरेनी, सति, धनसिङपुर आदिमा नदीको पानी तटबन्ध माथि बगीरहेको छ र गाउहरु डुबान परेका छन र धानबालि पुर्ण नष्ट भएको छ ।’

दलको कार्यालयले प्रदेश सरकारले पीडितका लागि राहत प्याकेज ल्याउन सुझाव दिएको छ । भनिएको छ –‘यस्तो बिपतका समयमा प्रदेश सरकारले जनताको समस्या सम्बोधन गरेर राहतका प्याकेज सहित धानवालीमा भएको क्षतिको एकिन तथ्याङक निकाली क्षतिपुर्तिको व्यबस्था गर्नुपर्ने हामी माग गर्दछौं ।’

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ११ बजे