मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर विमानस्थल डुबानमा,उडान अनिस्चित



अविरल वर्षाका कारण पूर्वी नेपालका मोरङ र सुनसरी जिल्लाका अधिकांश बस्ती समेत डुबानमा परेका छन्।विराटनगरको सिंघिया र केशलिया खोलामा पानी बढ्दा आसपासका सुकुम्बासी बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ।

वर्षाका कारण विराटनगर को विमानस्थल समेत डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो।धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन।

बाढीले सडक भत्काउँदा कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।सुनसरीको दुहबीस्थित विद्युत्‌ प्राधिकरणको सबस्टेशन डुबानमा पर्दा सुनसरी, मोरङ लगायतका जिल्लामा गए रातिदेखि विद्युत्‌ सेवा अवरुद्ध बनेको छ।

रातभरि पनि पानी परेका कारण धेरै ठाउँमा क्षति भएको हुन सक्ने तर पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : २१ बजे