मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हालसम्मबाढी र पहिरोमा परि सुदूरपश्चिममा १२ जनाको मृत्यु, २८ जना बेपत्ता



आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशममा १२ जनाको ज्यान गएको छ । प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी मृत्यु भएका १२ जनाको ज्यान गएको हो । डोटीका ९, डडेल्धुराका दुई र बैतडीका एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए । उनका अनुसार डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन विकको मृत्यु भएको छ । यस्तै शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ ।

गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा घाइते भएकी उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ । यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक चन्दले जानकारी दिए ।

त्यसैगरि खोलाले बगाउँदा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो । यस्तै बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ५ बिष्टपाली बस्ने खडकसिंह बिस्टको घरको माथीबाट पहिरो जादा ७१ वर्षीया परुदेवी महराको मृत्यु भएको छ । प्रहरीले बैतडीको शिवनाथ गाउँपालिकाका मृतकको नाम भने सनाखत गर्न बाँकी रहेको छ । यस्तै डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना पहिरोमा परि घाइते भएका छन् । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।

उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन्। यस्तै सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् । यस्तै कैलालीमा चार जना बेपत्ता रहेकोे कैलाली प्रहरीले बताएको छ । यस्तै डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोकायालाई स्थानिय छपाली बजार बाट घर जाने क्रममा घर नजिकै रहेको हुगे खोलाले बगाएर बेपत्ता रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ५२ बजे