मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री आचार्यले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव :मतदान आइतबार



प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि छलफल थालिसकेको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे पनि विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ ।शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ०४ बजे