२०७८ मंसिर १५ बुधबार

प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै : आचार्य बिदा हुने निष्चित

प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै : आचार्य बिदा हुने निष्चित


  • 180
    SHARES
    • न्यू सञ्चार
    • आइतबार, कार्तिक ७ २०७८
    • काठमाडौँ

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आइतबार मतदान हुँदै छ।प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका थिए । आइतबार दिउँसो साढे १२ बजे बस्ने बैठकमा उक्त प्रस्तावलाई मत विभाजनमा लैजाने सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ ।

    सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए।

    ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ। जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेका छैनन्।

    केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा ९एकीकृत समाजवादी०लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ। नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ।

    आइतबार, कार्तिक ७ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

      © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology