मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलाका युवा उद्यमी बिक्रम सिंह लगायत एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रबेश :मन्त्री बडूले गरे स्वागत



कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्ला दार्चुलामा युवा उद्यमीको परिचय बनाएका बिक्रम सिंह सामन्त लगायतले नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन।

सोमबार काठमाडौंमा भएको एक भेटघाट कार्यक्रममा उनिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । उनिहरुहरुलाई मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले खादा लगाएर पार्टीमा स्वागत गरे।

एमाले परित्याग गरि काँग्रेस प्रवेश गर्नेहरुमा महाकाली नगरपालीका वडा नं . ९ दत्तु थप्ला निवासी तरकारी उद्यमी एवं ने ।क ।पा एमालेमा २०४८ साल देखि आवद्ध भई ईलाका कमिटि अध्यक्ष समेत रहिकाम गरेका र जिल्ला भरि नै युवा उद्यमीको परिचय बनाएका बिक्रम सिंह सामन्त लगायत छन ।

आजकै मिति देखि नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा आवद्ध भएका युवा उद्यामी सामन्तले एमाले भित्रको टुट फुट र गुटबन्दी देखि वाक्कदिक्क भएको बताए। नेपाली कांग्रेस गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्य’को पर्यायवाची भएको एवं राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित पार्टी भएकाले काँग्रेसमा प्रवेश गरेको बताए।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  २ : २४ बजे