मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय



प्रदेश १ को विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। प्रदेश १ को प्रदेशसभा बैठक भोलि (सोमबार)बस्ने भएको छ ।

प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा आज (आइतबार) विराटनगरमा  विपक्षी गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता सहभागी थिए ।

प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कतै खुलेका छैनन् ।

प्रदेश सभामा एमाले प्रष्ट अल्पमतमा छ भने गठबन्धन प्रष्ट बहुमतको अवस्थामा छ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ३९ बजे