मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र राईले पेस गरे दाबी



प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् ।यसअघी प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि मंगलबार १ बजेसम्म दावी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए

प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूसहित राइले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । भोली (मंगलबार) १ बजेसम्म दाबी पेश गर्ने समय तोकिएको भएपनी राइले सोमबारनै प्रदेश प्रमुखसमक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आज (सोमबार) मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएका थिए

प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्धनमा आवद्ध पाँच दलका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा नेकपा एमालेको ४१ सांसदमात्र छन् । उता विपक्षी गठबन्धनमा नेपाली काँग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाका तीन सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ११ बजे