मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश-१ का मुख्यमन्त्री राईसगै ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ



प्रदेश १ कोतेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनिसगै मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

राईलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको समर्थन लिएर मुख्यमन्त्री बनेका हुन्।

यसअघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री रहेका भीम आचार्यले सोमबार राजीनामा दिएका थिए। त्यसपछि सोमबार प्रदेश प्रमुख प्यासीले सरकार गठनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारीको दाबी पेश गर्न समय तोकेका थिए

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : २७ बजे