मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकाराम भट्टराईलाई पाँच प्रश्नः ‘चोलेन्द्ररहीत अदालत नै नेपाल बारको बटमलाइन हो



काठमाडौं, २९ कात्तिक । नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् ।

न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश राणाको राजीनामा भन्दै आएका भट्टराई त्यसपछि अन्य सुधारका कार्यक्रम अघि बढ्ने बताउँछन् । तर, प्रधानन्यायाधीशले राजीनामा नदिने अडान लिएको, दलहरु महाभियोगका लागि तयार नभएको र इजलास सञ्चालन हुनुपर्ने पक्षमा सेतोपट्टी र अन्य प्रदर्शन भइरहेका बेला बारको आन्दोलन कसरी अगाडि बढ्छ भनेर न्युज कारखानाले भट्टराईलाई पाँच प्रश्न गरेको छस्

बारको आन्दोलन कसरी अघि बढिरहेको छ ?

बारको आन्दोलन आफ्नो घोषित लक्ष्य र उद्देश्यका साथ आवश्यकताअनुसार कहिले संयम र कहिले परिस्थितिले ल्याएको बाध्यात्मक अवस्थाका कारणले केही उत्तेजित हुँदै अगाडि बढिरहेको छ । आन्दोलनको समीक्षा गर्दा यदाकता यो आन्दोलनको विपक्षमा रहेका कानुन व्यवसायी मित्र पनि अहिले बारको आन्दोलनको पक्षमा आउनुभएको छ । कतिपयलाई बारले यसका माग र नाराहरु बुझाउन नसकेकाले केही साथीमा अलमल र द्विविधाको अवस्था देखिएको थियो ।

केही केही असन्तुष्टिका स्वर सुनिएका थिए । अहिले ती स्वर मथ्थर भएका छन् । आम कानुन व्यवसायी प्रभावकारी ढंगले बारको आन्दोलनमा सहभागी भइरहनुभएको छ । आन्दोलन उपत्यका नाघेर आइतबारदेखि देशभरका सबै अदालतमा १० देखि १२ बजेसम्म कालोपट्टिका साथ धर्ना कार्यक्रम सुरू भएको छ । यसले देशव्यापी आकार ग्रहण गरेको छ ।

बारको आन्दोलन मुख्यतस् के का लागि ?

आन्दोलन न्यायापालिकाको समग्र सुधारका लागि हो । यो भित्र हामीले तीन चारवटा कुरा भनेका छौं । पहिलो विचौलिया र भ्रष्टाचारको अन्त्यका लागि, दोस्रो प्रधानन्यायाधीशको मनोमानीपूर्ण ढंगले मुद्दा तोक्ने स्वेच्छाचारी प्रवृत्तिको विरुद्धमा, तेस्रो प्रधानन्यायाधीशले प्रभावकारी ढंगले न्याय प्रशासन र सम्पादन सञ्चालन गर्न नसकेको, चौथो प्रधानन्यायाधीशले आफ्ना सम्पूर्ण सहयोगीहरुको विश्वास गुमाएर पनि जबरजस्त पदमा आसिन भइरहेको हुनाले त्यसको विरुद्ध र पाँचौं न्यायमा अवरोध सिर्जना गरेकाले न्यायको अवरोध हटाउनका लागि हामीले यो आन्दोलन गरिरहेका छौं ।

न्यायमा अवरोध कसरी गर्नुभयो भन्दा पहिलो त आफ्नो स्वार्थ बाझिएका मुद्दा जसरी पनि आफैं हेर्ने जिद्दी र लहड सिर्जना गर्नुभएको छ । दोस्रो उहाँले कार्यकारीसँग बसेर हिस्सेदारी खोज्नुभएको छ र त्यो हिस्सेदारी लिएर गरिएका नियुक्तिका विरुद्धमा परेका मुद्दा ११ महिनासम्म प्रारम्भिक सुनुवाइहरु गरिराख्नुभएको छैन । अर्को उहाँले आफ्नो स्वार्थ जोडिएका मुद्दा, आफन्त, नातागोता र बिचौलियाबाट प्रभावित भएका मुद्दा चाँडो चाँडो पेशीमा राख्ने र छिन्ने, आम जनताका धेरै पूराना मुद्दाहरु पेशीमा नराख्ने गरिरहनुभएको छ ।

यसरी उहाँले न्यायमा अवरोध सिर्जना गरेकाले समग्रमा न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार, बिचौलियाको विरुद्धमा र न्यायमा अवरोध गरिराखेको हुनाले यी सम्पूर्ण कुराको विरुद्धमा हामीले यो आन्दोलन सुरू गरेका हौं ।

पहिलो बिन्दुमा प्रधानन्यायाधीशको राजीनामा माग गरेका छौं । माथि भनेका सबै विषय लागु गर्न उहाँ अनिच्छुक हुनुभयो । उहाँमा लागु गर्नसक्ने क्षमता पनि भएन । सहयोगीको विश्वास गुमाउनुभयो । त्यसकारण न्यायपालिका सुधारको प्रारम्भिक बिन्दु उहाँको राजीनामा हो । तर उहाँको राजीनामा पछि पनि हाम्रो सुधारका कार्यक्रमहरु, योजनाहरु बाँकी नै रहन्छन् ।

त्यसपछि जो व्यक्ति प्रधानन्यायाधीश भएर आउँला त्यसले पनि हाम्रा मागहरु सम्बोधन गरेन भने त्यसपछाडि पनि आन्दोलनमा होमिनुपर्नेछ । हाम्रो अन्तिम उद्देश्य भनेको स्वतन्त्र, सक्षम, प्रभावकारी र भ्रष्टाचारमुक्त न्यायपालिकाको सिर्जना गर्नु हो । यो काममा जस जसले अवरोध सिर्जना गर्छन् ती अवरोधलाई हटाउँदै हामी अगाडि बढ्छौं ।

तपाईँले न्यायालय शुद्धीकरणका लागि प्रन्याले राजीनामा दिनुपर्ने भन्नुभयो । केही समूह जस्तै सेतो पट्टी बाध्ने, बानेश्वर, माइतीघरमा न्यायालय सूचारु गर्नुपर्ने, प्रधानन्याधीशले राजीनामा दिँदैमा शुद्धीकरण नहुने, न्यायाधीशहरु इजलासमा फर्किनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । आन्दोलन त विभाजन भयो नि ?

माइतीघर मण्डला वा अन्त कतै बस्ने विभिन्न खालका साथी छन् । एउटा भ्रमवश नबुझेर नेपाल बारविरुद्धमा गएका साथी छन् । एक खालका साथी विचौलियाको पैसा लिएर, प्रभावित भएर बिचौलिया र भ्रष्टाचारलाई निरन्तरता दिने गलत उद्देश्यका उपस्थित भएका छन् ।

माइतीघरमा बारको आन्दोलनको विपक्ष र असन्तुष्टिमा रहनुभएका साथीलाई हाम्रो आह्वान छ, बारको आन्दोलनलाई साथ र सहयोग दिनुपर्छ । केही कुरा बुझ्नुभएको छैन, असन्तुष्टि छन् भने तपाईँले बार परिसरभित्रै, आफ्नो घरभित्रै बसेर राख्नुपर्छ भनेर आह्वान गर्न चाहन्छौं । त्यहाँभित्र असल आशयका साथ भ्रमवश केही साथी लाग्नुभएको छ । जो मानिसहरु भाडाको पैसा लिएर त्यो आन्दोलनमा लागेका छन् त्यस सम्बन्धमा नेपाली जनताले पहिचान गर्नेछन् । तिनलाई हाम्रो भन्नु केही पनि छैन ।

प्रधानन्यायाधीशले राजीनामा दिन्न भन्ने, दलहरु महाभियोग ल्याउन तयार नहुने, कानुन व्यवसायी पनि विभाजित हुने, कसरी सफल हुन्छ आन्दोलन ?

महाभियोग भनेको प्राविधिक कुरा हो । गणितीय कुरा हो । नेपाली जनताले महाभियोग लगाइसके । राजनीतिक दलहरुले महाभियोग गणितीय र प्राविधिक रुपमा नलगाए पनि यत्रो नेपाली जनता, नागरिक समाज, प्रेस, बार, आफ्नै सहयोगी सबै न्यायाधीशले प्रधानन्यायाधीशविरुद्धमा अभियोग लाइसकेको हुनाले त्यो महाभियोगको प्राविधिक कुरामा नअलमलिऔं ।

महाभियोगभन्दा अघि बढिसकेको परिस्थिति, जनदबाबको भरमा न्यायका पक्षधरको आवाजका भरमा उहाँ बहिर्गमन हुन बाध्य हुनुहुन्छ । उहाँले नैतिक, कानुनी, वैधता सम्पूर्ण रुपमा गुमाइसक्नुभएको छ । यो निभ्ने बेलाको वत्तीजस्तै हो । जसरी हाम्रो आन्दोलन भइरहेको बेलामा केही भाडाका मान्छे ल्याएर उफारियो त्यसले पनि निभ्ने बेलाको वत्तीको संकेत गरिरहेको छ ।

यो आन्दोलनमा केही सेवाग्राहीलाई दुस्ख भएको छ । हामीले त्यो कुरा बुझेका छौं । सेवाग्राहीसँग क्षमायाचना पनि गरेका छौं । तर केही दिनको दुस्ख सम्झेर भए पनि यसपछाडि न्यायपालिकाभित्रको विसंगति र विकृतिलाई अन्त्य गर्नका निम्ति हामीलाई आम नागरिक सेवाग्राहीले साथ दिइरहनुभएको छ । यो लामो जाँदैन । कानुन, नैतिक, संवैधानिक सम्पूर्ण रुपले उहाँ पराजित भइसक्नुभएको छ र निभ्ने बेलाको वत्तीमात्रै हो ।

तर, तपाईँहरुको आन्दोलनलाई वेवास्ता गर्दै प्रधानन्यायाधीश चोर बाटोबाट छिर्नुभएको छ । इजलास तोक्नुभएको छ । सुनुवाइ तथा आदेश गर्नुभएको छ । उहाँलाई रोक्न अब तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ ?

उहाँ जसरी आउनुहुन्छ आन्दोलनका कार्यक्रम तदअनुरुप नै निर्धारण हुन्छन् । अब प्रधानन्यायाधीश आफ्नो अदालतमा मुख्य गेटबाट प्रवेश गर्न नसक्ने अवस्था कति दिन रहला रु आफ्ना न्यायाधीशसँग इजलास सञ्चालन गर्न नसक्ने अवस्थामा उहाँ कति दिन रहन सक्नुहोला रु अन्तर्राष्ट्रिय जगतमा आज प्रश्न उठिसकेकोमा यी प्रश्नलाई वेवास्ता गर्दै उहाँ कति दिन रहन सक्नुहोला रु त्यसकारण उहाँले चोर बाटोबाट अब अदालत प्रवेश गर्न पनि धेरै दिन सक्नुहुने छैन । त्यसमा हामी विश्वस्त छौं ।

अहिलेको न्यायालयको गतिरोधको निकास के हो ?

निकास भनेको सर्वोच्च अदालतमा चोलेन्द्र शमशेर जबराको अनुपस्थिति । उहाँले मुद्दा नतोक्ने अवस्थाको सुनिश्चितता र उहाँको राजीनामा यो नै निकास हो । नेपाल बार एशोसिएसन अब यो भन्दा पछाडि फर्केर कुनै सम्झौता गर्ने पक्षमा छैन । चोलेन्द्ररहित सर्वोच्च अदालत नै बारको अहिलेको माग हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ४५ बजे