२९ कार्तिक काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसका नेताहरू पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेको बताउनुभयो ।
आज नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट काठमाडौं महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा कुरामा पनि विश्वस्त भएको बताउनुभयो ।
साथै नेता थापाले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको समेत खुलासा गर्नुभयो । उहाँले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको बताउनुभयो ।
नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताउनुभयो ।










