२०७८ मंसिर १५ बुधबार

फिल्म ‘गुञ्जन’ युनिट सुटिङका लागी दुवईमा

फिल्म ‘गुञ्जन’ युनिट सुटिङका लागी दुवईमा


  • 45
    SHARES
    • न्यू सञ्चार
    • सोमबार, मंसिर ६ २०७८
    • काठमाडौँ

    फिल्म ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ । फिल्मको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिट सहित दुवई पुगेका हुन् ।

    प्रिमतराज र साराको रोमान्टिक अन्दाजमा फिल्मको गीत दुवईको बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भइरहेको छ । जसको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छन् भने छायांकन बिदुर पाण्डे छन् ।

    विगत २ दशकदेखि फिल्मको द्धोन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो । आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताए ।विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

    राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडांै, पोखरा, जोमसोममा छायाँकन भएको छ ।

    हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

    सोमबार, मंसिर ६ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

      © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology