मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सितल जुनुमा रोमाण्टिक मुडमा देखिए दिपक र पुजा (भिडियो )



मायालु जोडीहरुको एक अर्का प्रतिको बिश्वास र समर्पणलाई समेटेर लेखिएको सितल जुनु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार प्रलाद शाहको यस गीतमा शब्द रहेको छ।

गीतमा युवा पुस्ताकि चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ। गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

युवा युवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : २३ बजे