मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 डिशहोमको नयाँ वैकल्पिक स्याटेलाइट टेलिपोर्ट स्थापना



डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट सेवा दिँदै आएकोमा वैकल्पिक प्रयोजनका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको डिशहोमले जानकारी दिएको छ ।

कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरिएको कम्पनीले जनाएको छ । छ्यासीकोटमा रहेको डिशहोमको स्टेशनबाट फाइबर केबलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पु¥याइने र नयाँ पोर्टबाट टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरेपछि प्रशारण गर्न सकिने डिसहोमले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : २० बजे