कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ २३९३ मत गणना सम्पन्नः पहिलो कोइराला दोस्रोमा साउद



कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २३९३ मत गणना सम्पन्न भएको छ । बाँकी रहेको मतगणना अहिले केही बेरमा सुरू हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो । जसमा २३९३ मत गणना सकिएको छ ।खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ । जसमध्ये अत्यधिक मतसहित पहिलो डा। शशांक कोइरालाको अग्रता कायमै छ भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा रहेका छन् ।

डा।शशांक कोइरालाले १९७१, एनपी साउदले १५३८, बालकृष्ण खाँणले १५०७, रमेश लेखकले १४५१, उदय शमशेर राणाले १४४५, शंकर भण्डारीले १४३७, र ज्ञानेन्द्रबहादुर कार्कीले १४२३ मत प्राप्त गरेका छन् । यस्तै रामहरि खतिवडाले १३९५, अर्जुननरसिंह केसीले १३८३, गोपालमान श्रेष्ठले १३२३, जिप छिरिङ्ग लामाले १३१२, जीतजङ्ग बस्नेतले १२८३, नैनसिंह महरले १२८३, डा।रामशरण महतले १२८१, गोविन्द भट्टराईले १२७७ प्राप्त गरेका छन् ।

त्यसैगरि सुनिलबहादुर थापाले १२४६, बल बहादुर केसीले १२३३, दिलेन्द्र प्रसाद बडूले १२३१, मोहनबहादुर बस्नेतले १२०२, दीपक गिरीले ११७४, सुरेन्द्रराज पाण्डेले ११५१, कुन्दनराज काफ्लले ११४३, पद्मनारायण चौधरीले ११३७, गुरु बरालले १०३६, सञ्जयकुमार गौतमले १००१, गोविन्द राज पोखरेलले ९६२ मत प्राप्त गरेका छन् ।

साथै गोपाल दहितले ९३१, राजीव ढुंगानाले ९३५, कृष्णकिशोर घिमिरेले ९२९, दिनेश कोइरालाले ९२५, वीरेन्द्रकुमार कनौडियाले ९१९, ई। मोहन आचार्यले ९१३, अजयबाबु शिवाकोटीले ९०९, मदनबहादुर अमात्यले ९०८, उमेशजंग रायमाझीले ८९१, मत पाएका छन् ।३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् । ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार  १० : ५४ बजे