एमाले अबरोधकै बीच ४ अध्यादेश स्वीकृत: आजको बैठक स्थगित, अर्को बैठक पुस १८ गते



प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अबरोधकाबीच ४ अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा आजको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले अर्को बैठक पुस १८ गते बस्नेगरि स्थगित गरेका हुन् ।आजको बैठकमा गृहमन्त्रीको तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन०, २०७८’, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८’, ’समाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८’ र ’रेवले अध्यादेश,२०७८’ स्वीकृत भएको हो ।बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो ।

 

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  २ : ३१ बजे