नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसिरहेको हो ।बैठकले शनिबारको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने बताइएको छ । हिजोको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
यस्तै, बैठकमा महाधिवेशनका विविध पक्षमा छलफल हुनेछ । महाधिवेशनमा अरू पार्टीका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी छ ।राष्ट्रिय सम्मेलन अधिवेशनमा रूपान्तरण भएसँगै त्यो पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन हुने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताएका छन् । महाधिवेशनको उद्घाटन आज दिउँसो ३ बजे गर्ने तयारी छ ।








