प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए।
उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएकोसमेत बताए। अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं बिचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराए।
अध्यक्ष श्रेष्ठले भने, ‘स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड हो, न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको छ। तसर्थ, न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता जवाफदेहिता कायम गर्न तथा न्यायमा सबैको समान पहुँच, सुनिश्चित गर्न न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं बिचौलिया अन्त्य गर्न, आवश्यक तथा प्रभावकारी कदम चाल्न, सम्बन्धित सबैमा गम्भीर ध्यानाकर्षण गराउँछु।








