काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको बताएका छन् ।
बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् । पौडेलले काँग्रेस धम्की दिँदैमा नतर्सिने स्पस्ट पारे ।
उनले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनैपनि प्रकारको चिनजान र लेनदेन नभएको समेत उनले स्पष्ट पारे । बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उनको भनाइ छ ।
महामन्त्री पौडेलले सरकारले कांग्रेस र सभापति थापामाथि लगाएको आरोपको पुष्टि गर्न चेतावनी दिए । उनले सरकारले कानुनअनुसार मर्यादामा बस्नुपर्ने उनको भनाइ छ ।










