गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’ सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेस्वर तुलाधरको एरेन्ज रहेको छ ।गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र स्वेता मिश्रको अभिनय देख्न सकिन्छ । राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन् ।
एक दशक भन्दा लामो समयदेखि फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिदै आएका छन् । भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् ।प्रदीप गन्धर्वको छायाँकन, श्याम कुँवरको छायांकन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन् । भिडियो पोखराको आकर्षक लोकेसनमा छायांकन भएको हो ।










