८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा आइतबार ‘सुरूङको अगाडिको भाग बिस्फोट भई उछिट्टिएर लाग्दा दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।
घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्। उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको ढकालले बताए।
‘








