प्रधान सेनापति शर्मा भारत जादै १४ दिन बिदा स्वीकृत 



प्रधान सेनापति महारथी प्रभुराम शर्माको २०७८ पौष १८ गतेबाट पौष ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १४ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्नेछन् ।प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार  ७ : ३० बजे