नेकपा माओवादी केन्द्रको जारी ८औं महाधिवेशनले परिमार्जनसहित विधान अनुमोदन गरेको छ । वर्तमान केन्द्रीय कमिटीको अन्तिम केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा परिमार्जनसहित जारी महाधिवेशनको बन्दसत्रले पारित गरेको हो ।
अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् ।








