प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित



प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । २२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।गत आइतबार ९१८ पुस०मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो ।

तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : पुस २१, २०७८ बुधबार  १ : ०६ बजे