तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोट डाँडा ५० वर्षको लागि बतास समूहलाई



तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोट डाँडा ५० वर्षको लागि बतास समूहलाई लिजमा दिने तयारी भएको छ । एक जनप्रतिनिधिका अनुसार ब्यास नगरपालिकाले बतासकै योजनालाई बल पुग्ने गरी ऐन बनाएको छ । ‘प्रस्ताव आइसकेपछि मात्र ऐन बन्नुको अन्तर्य नै के हो भन्ने बुझ्न सकिन्छ ।

प्रस्ताव आइसकेपछि स्वाभाविक हिसाबले ब्यापारीलाई फाइदा हुने गरी ऐन बन्ने भइहाल्यो,’ उनले भने, ‘विकास हुनु राम्रो हो तर त्यसका लागि के गरिँदैछ भन्ने हो ।’बतास समूहको व्यास हिल्स प्रालिलाई मानहुँकोटको सार्वजनिक जग्गा ५० वर्षका लागि लिजमा दिन व्यास नगरपालिकाको बोर्ड बैठकले स्वीकृतिसमेत दिइसकेको छ ।

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  ११ : ११ बजे