होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ



होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका(११ मा धनगढीमाई नगरपालिका(१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका(१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् । लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब एक लाखभन्दा बढीको नोक्सान भएको छ ।

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  ३ : ३६ बजे