शिक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को हिजोको बैठकले गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयको आज बसेको बैठकले सीसीएमसीसीको सिफारिस कार्यन्वयन गर्दै सिफारिस अनुसारकै सूचना जारी गर्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।जानकारी दिए ।
ओमिक्रनको संक्रमण बढ्दै गएपछि आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।








