संक्रमण दर बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।
कोरोना महामारीको जोखिम कम गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले स्मार्ट लकडाउनको तयारी गरेका छन् । स्मार्ट लकडाउनको प्रकृति, प्रावधान कस्तो गर्ने भन्नेबारे गृह मन्त्रालयसँग छलफल जारी रहेको प्रजिअहरूले बताएका छन् ।








