त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा बिदाइ तथा स्वागतका नाममा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयले सार्वजनिक अनुरोध प्रकाशित गर्दै कोरोनो संक्रमणसँगै नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएकाले विमानस्थल परिसरमा अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको हो।
विमानस्थलले हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरि गराइ मात्र दैनिक हवाई सेवा सुचारु गराउन सम्वद्ध सबै सरोकारवालाहरुसँग अनुरोध गरेको छ।विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास उपलब्ध नगराउने नागरिक उड्डयन कार्यालयले समेत स्पष्ट पारेको छ।








