शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।
उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् । “बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ”, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भग्], “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनुभएको छ ।”
नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताप । नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ । थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।








