मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनाव हटाउन अध्यात्मिक पुस्तक पढ्दै ज्याकलिन



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।

यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो ।

यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले आफूलाई भुलाउन किताबको सहारा लिएकी छन् । ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध्यात्म किताब पढ्न थालेकी छन् । फिटनेसमा चासो राख्ने उनी आजकल निकै समय योग र शारीरिक अभ्यास गरिरहेकी छन् । ज्याकलिन लुइस एल हेको पुस्तक पढिरहेकी छन् । जुन पुस्तक क्षमा र पीडा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आधारित छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १ : ४६ बजे