मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेम्बर अफ कमर्शद्वारा अफगानिस्तानलाई सामग्री सहयोग



नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ रु २० लाख बराबरको राहत सामग्री आज परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका छन्। ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु¥याएको भन्दै नेपाल चेम्बर अफ कमर्शलाई धन्यवाद दिए । सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले अफगानिस्तानमा पीडामा परेका नागरिकलाई थोरै भए पनि नेपालका तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ५ : ५९ बजे