जनकपुर राजधानी तोकिएपछि व्यवसायिहरु उत्साहित सांसदहरुलाई होटल र खानामा छुट



प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएपछि स्थानीय व्यवसायिहरु उत्साहित भएका छन् ।

जनकपुर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै जनकपुरलाई स्थायी राजधानी घोषणा गरिएपछि जुन सुकै प्रदेशका प्रदेश सांसद, प्रतिनिधी सभा सासद तथा राष्ट्रिसभाका सदस्यलाई जनकपुरको होटलको बास र गाँसमा छुट दिने घोषणा गरेको छ ।

सांसदहरुलाई होटल बसाईमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

संघको निर्णयमा होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले पनि समर्थन जनाएको छ ।

 

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ८ : २१ बजे